दिवाना र सावत्री फाइनलमा

boxing mondaye
पुलिसकी दिवाना शेर्मा र एपिएफकी सावित्री तामाङ्ग खुला राष्ट्रिय महिला तथा पुरुष बक्सिङ्ग च्याम्पियनसिपमा महिला ४६–४८ केजी तौलमा फाइनल प्रवेश गरेका छन् । दिवानाले नेपाली सेनाकी सिता पाठकलाई र सावित्रीले नक्सालकी कुशुम तामाङ्गलाई पराजित गरेका हुन् ।
अखिल नेपाल खेलकुद संघको आयोजनामा भएको प्रतियोगिताको ४८–५१ केजी तौलमा एपिएफकी माला राईले केवाईविसीकी मिना घलेलाई र सन्जु लामाले सेनाकी गिता कुमारी थापा मगरलाई पराजित गर्दै फाईनलमा स्थान पक्क गरे ।
बक्सिङ्गका संस्थापक लक्ष्मण शमसेर थापा तथा पोष्ट बहादुर वोगटीको स्मृतीमा आयोजना गरिएको प्रतियोगिताको ५४–५७ केजी तौलमा एपिएफकी माया चौधरीले वाईएसबिकी ललिता महर्जनलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भइन् । ६४–६९ केजीमा पुलिसकी अनुराधा लामाले सेनाकी पुनम रावललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको प्रमुख प्रंशिक्षक प्रचन्ड शर्माले जानकारी गराए ।
गोल्फुटारस्थित बास्केटबल कोर्टमा भएको प्रतियोगिताको पुरुष ४९ केजी तौल समूहमा सेनाका तेजबहादुर देउवा र विटिएफका मदन कृष्ण डङ्गगोल फाइनलमा भिड्ने भएका छन् । तेजले नक्सालका सुशिल थापालाई र मदनले एपिएफका विक्रम परियारलाई पराजित गरे । यस्तै ५२ केजीमा सेनाका प्रेम चौधरीले एपिएफका लक्ष्मण तामाङ्गको सामना गर्ने भएका छन् । प्रेमले एबिसीका शक्ति लामालाई र लक्ष्मणले वाईएसबिका सुभाष विकलाई पराजित गर्दै फाइलन यात्रा तय गरेका थिए ।

Comment