युवराज र सुरेश क्वाटरफाइनलमा

boxing photo1e
नक्साल बक्सिङ्गका युवराज कार्की र नेपाली सेनाका सुरेश नेपाली खुला राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ्ग संघको तत्वाबधानमा भएको प्रतियोगितामा ६० केजी तौल समूहमा युवराजले नवलपरासीका सविन गुरुङ्गलाई र सुरेशले योगङ्ग स्टार बक्सिङ्गका सुदीप श्रेष्ठलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
गोल्फुटारमा भएको प्रतियोगिताको ६० केजीकै अर्को खेलामा दाङ्गका चन्द्र ज्योती थापाले रोल्पाका पर्श नारायण बुढामगरलाई पराजित गर्दै क्वाटरमा स्थान बनाए । शनिबार भएको ६४ केजी तौलमा बक्सिङ्ग ट्रेनिङ्ग एन्ड फिटनेशका कृष्ण श्रेष्ठले ललितपुरका अनुज भन्डारीलाई पराजित गर्दै क्वाटरमा स्थान बनाएको प्रमुख प्रशिक्षक प्रचन्ड शर्माले जानकारी गराए ।
तिन दिने प्रतियोगितामा १५ टिमका ६० पुरुष र २२ महिलाले पुरुष तर्फ १० र महिला तर्फ ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उप प्रधानमन्त्री टोप बहादुर रायमाझीले उद्घाटन गरेका थिए ।

Comment