क्यान्सर पिडित खेलाडी र प्रशिक्षकलाई आर्थिक सहयोग

man bahadure
क्यान्सर पिडित प्रशिक्षक र खेलाडीलाइ नेपाल बक्सिङ संघको सक्रियतामा आर्थिक सहयोग गरिएको छ । मकाउ र अमेरिकामा बसेको पुर्व बक्सिङ खेलाडीले पठाएको रकम शुक्रबार नेपाल बक्सिङ संघका अध्यक्ष राजिव श्रेष्ठले क्यान्सर रोगमा पिडित प्रशिक्षक दिपक राई र आठौं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेको इन्द्र बहादुर मगरलाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा नेपाल बक्सिङ संघका उपाध्यक्ष संजिव बैद्यले इन्द्र बहादुरलाई १० हजार रुपैया र एसियाडमा कास्य पदक जितेको दिपक महर्जनले प्रशिक्षक दिपकलाई १० हजार रुपैया सहयोग गरेको छन् ।
कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष राजिव श्रेष्ठले विदेशमा बसेर नेपाली बक्सिङलाई सहयोग गर्ने पुर्व बक्सरलाई धन्यावाद दिए । उनले भने, ‘हामी खुसी छौं । पिडित दुबैको शिघ्र स्वास्थ्य लाभको कामना छ । बिदेशमा बसेको पुर्व बक्सर निरन्तर सहयोग गदै आउनु भएको छ । उहाँलाई धेरै धेरै धन्यावाद । यसले हामीलाई बक्सिङको विकासमा थप सक्रिय भएर लाग्न उर्जा थपेको छ ।’ कार्यक्रममा पूर्व बक्सर मकाउमा रहेका मान बहादुर श्रेष्ठले पनि सहयोग अस्तान्तरण गरेका थिए ।
अध्यक्ष श्रेष्ठले सबै बक्सिङ कर्मी मिलेर काम गरे नेपालमा बक्सिङको विकासको लागी थुप्रै काम गर्न सकिने बताए । उनले भने, ‘नेपाली बक्सिङ अहिले अप्ठयारो अवस्थामा छ । सबैलाई थाहा छ । हामीले आफना ब्यक्तिगत स्वार्थलाई त्यागेर काम गरे बक्सिङको विकास गर्न चाहन्छौं । हामी एक जुट भएर काम गर्न जरुरी छ ।’
कार्यक्रममा इन्द्र बहादुर मगरले बक्सिङ कर्मीको सहयोगले रोगसँग लडने शंक्ति थपेको बताए । उहाँले भन्नु भयो, ‘रोग जुनसुकैलाई पनि लाग्न सक्छ । बक्सिङ कर्मीको सहयोग पाउँदा खुसी लागेको छ । बक्सिङ परिवारलाई धन्यावाद ।’ अमेरिका र मकाउमा काम गरिरहेको पुर्व बक्सरले करिब ५५ हजार ५ सय र संघले दुबैलाई जनहरी २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । सहयोग रकम अध्यक्ष श्रेष्ठले प्रदान गरेको थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका महासचिव दिपक श्रेष्ठले दुबै जनाको स्वास्थ्य लाभको कामना गदै उपचारमा सक्दो सहयोग गर्ने बताए । खेलाडीसंघले उनीहरुलाई प्रक्रिया पुरा गरेर सहयोग गर्ने महासचिव श्रेष्ठले बताए ।

Comment