विश्व तेक्वान्दोका अध्यक्ष काठमाडौंमा

taekwondoe
विश्व तेक्वान्दो महासंघका अध्यक्षडा. छुङवोन छोको नेतृत्वमा २८ सदस्यीय तेक्वान्दो टोली शुक्रबार नेपाल आएको छ ।छो सहित अफ्रिकन तेक्वान्दो युनियनका अध्यक्ष अहमद एलफोली, युरोपियन तेक्वान्दो युनियनका अध्यक्ष अत्हाना सियोस प्रागालोस, ओसिएना तेक्वान्दो युनियनका अध्यक्ष जोन कोत्सीफास, एसियाली तेक्वान्दो युनियनका अध्यक्ष क्यु सियोक लि, तेक्वान्दो महासंघका डाइरेक्टर जेनरल रोजर पियारुली, तेक्वान्दो महासंघका सल्लाहकार चाङसिन चोइसहितको टोली नेपाल आएको हो । उक्त टोलीले सिन्धुपाल्चोकका भूकम्पपी पीडितलाई राहत वितरणगर्ने कार्यक्रम रहेको छ । त्यस्तै पोखरामा हाइ अल्टीच्यूटमा हुने पुम्से प्रतियोगिताको स्थलगत निरीक्षण पनि गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ । त्यस्तै उनीहरुले राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चपदस्थ महानुभावहरुसंग भेट गर्ने कार्यक्रम समेत रहेको छ । तेक्वान्दोको यत्तिको विशिष्ट महानुभावहरु सम्मिलित टोलीले यसअघि कुनै पनि राष्ट्रको भ्रमण गरेको थिएन ।
टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशमशेर राणा र संघका महासचिव दीपराज गुरुङले स्वागत गरे । अध्यक्ष छोलाई स्वागत गर्न तेक्वान्दो संघका पदाधीकारी तथा सदस्य, बरिष्ठ प्रशिक्षक, प्रशिक्षक, खेलाडी तथा तेक्वान्दोका विभिन्न निकायका ब्यक्तिहरु त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । शुक्रबारै अध्यक्ष छुङवोन सहितको टोलीले प्रधान्मन्त्री केपी शर्मा ओलीलाई
पनि भेट ग¥यो ।

Comment