कलर्स मोबाइल हेटौडा अन्तर्राष्ट्रिय गोल्डकप फागुनमा

hetauda1e
खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा हेटौडमा ‘कलर्स मोबाइल हेटौडा अन्तर्राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुरको आयोजनामा हुने प्रतियोगिता फागुन १ देखि ८ गतेसम्म हेटौडाको वनविज्ञानको अध्ययन सस्थानको खेल मैदानमा हुनेछ । प्रतियोगितालाई कलर्स मोबाइलले मुख्य तथा टाटासुमो गोल्डले पावर वाईको भुमिकामा साथ दिएको छ ।
प्रतियोगितामा नेपालका ए डिभिजन त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, थ्रीस्टार क्लब, मनाङ–मस्र्याङ्दी क्लब, झापा–११, भारतको कञ्चनजङ्घा फुटबल क्लब, भुटानको बिआरसी क्लब र स्थानिय हेटौडा–११ गरी कुल आठ टोलीले सहभागिता जनाउने प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले जानकारी गराए ।
प्रतियोगितको विजेताले तीन लाख तथा उपविजेताले १लाख ५० हजार रुपैया प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, गोलरक्षक, डिफेन्सर र मिडफिल्डरले जनही १०–१० हजार रुपैया प्राप्त गर्नेछन् ।  हरेक खेलमा म्यान अफ दि म्याच हुनेले एक–एक थान कलर्स मोबाइल प्राप्त गर्नेछन् ।
प्रतियोगिताको लागि कुल ४० लाख खर्च हुने अनुमान गरिएको छ । मुख्य प्रायोजन वापत कलर्स मोबाइलले चार लाख नगद र करिव सात लाख बराबरको खेल सामग्री उपलब्ध गराउने कलर्सका मार्केटिङ म्यानेजर रामजंग थापाले जानकारी गराए । यस्तै१ लाख ५० हजार तथा छ लाख बराबरको खेल सामग्री उपलब्ध गराउने टाटा सुमो गोल्डका म्यानेजर प्रविन खतिवडाले जानकारी गराए ।
प्रतियोगिताको लागि अहिलेसम्म ५ क्लबले पक्का गरिसकेको र थ्रीस्टार र मनाङ–मस्र्याङ्दीको हकमा उनीहरुको आन्तरिक कारणले निर्णय गर्न बाँकी रहेको र उनीहरुको सहभागिता नरहे ए डिभिजनकै अर्काे क्लबले रिप्लेस गर्ने क्लबका अध्यक्ष खड्कीले बताए ।

Comment