नेपालको उपाधि यात्रामा नवयुग उत्कृष्ट

footballl titlee
नेपालले बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपालले बहराइन यु–२३ फुटबल टोलीलाई ३–० ले पराजित ग¥यो । २३ बर्षको अन्तरालमा नेपाललाई उपाधि दिलाउने क्रममा विमल घर्ती, बिसाल राइ र नवयुग श्रेष्ठले गोल गरे । विजयी नेपालले ५० हजार अमेरिकी डलर पुररस्कार पायो । विमल फाइनल खेलका म्यान अफ द म्याच घोषित भए । यसैगरी, नवयुग प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । एन्फाले टोलीका प्रत्येक खेलाडीलाई ५ लाख रुपैया पुरस्कार दिने भएको छ ।
इलाम मंगलबारेका नवयुगले प्रतियोगिताको अन्तिम दुइ खेलमा कुल चार गोल गरे । यो सफलता पछि नवयुग नेपाली फुटबलका नया स्टारको रुपमा उदाएका छन् । अनुशाषित र मिहनेती नवयुगले साफ च्याम्पियनसीपको भारतसंगको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । तथापी त्यो खेलमा नेपाल पराजित भएको थियो ।

Comment