पशुपतिलाई यु–१६ फुटबल उपाधि

Manoj Shiama
16 January, 2016 6:27 pm

saipal finale
पशुपतिको ‘ए’ टिमले प्रथम साइपालकपअन्तरविद्यालय यु–१६ छात्रसिक्स ए साइडफुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।चावहिलको गणेशस्थानमा भएको फाइनलमा पशुपतिले काभ्या ‘ए’ लाई २–० गोलले पराजित ग¥यो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दुवै गोलदोश्रो हाफमा पशुपतिका सौरव खत्रीले गरे । सौरवले गरेको दुवै गोल उत्कृष्ट थियो । सौरभ नै प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि चुनिए ।
साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगितामा पशुपति ‘ए’ का विकास राई गोलरक्षक, पशुपति ‘ए’ कै विक्रम कुमार डिफेन्स तथा काभ्या ‘ए’ का दिपेन्द्र केसी मिडफिल्डमा उत्कृष्ट घोषित भए । अनुशासित टिमको उपाधि आई लेन्स ‘बी’ ले हात पा¥यो ।
विजेतालाई साइपालका कार्यकारी निर्देशक गणेश भण्डारी, साइपालका प्रिन्सिपल सुमन नगरकोटी, गंगाहिटी टोल सुधार समितिका अध्यक्ष कृष्णमणि भट्टराईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।सोही अवसरमा साइपालमा प्लस टु अध्ययनका लागि चार खेलाडीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरिएको छ । छात्रवृत्ति पाउनेमा डेनेब एकेडेमीका सागर कट्वाल तथा पशुपति ‘ए’ का त्रय लक्ष्य मगर, विक्रम कुमार र विकास राई रहेका छन् ।
आठदिने प्रतियोगितामा विभिन्न विद्यालयका ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको साइपालका प्रशिक्षक विनोद क्षेत्रीले जनाएका छन् ।