वज्राचार्यको निरन्तरता

dharmamane
तेश्रो दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग) का मिक्स डबल्सका कांस्य विजेता धर्ममान वज्राचार्यलाई अध्यक्षमा निरन्तरता दिदै काठमाडौं जिल्ला टेबलटेनिस संघको साधारणसभाले ८ सदस्यीय जिल्ला कार्यसमिति शनिबार चयन गरेको छ । निर्विरोध चयन भएका वज्राचार्यको यो लगातार तेश्रो कार्यकाल हो ।
त्यस्तै धर्म शाहीले उपाध्यक्ष, राकेश श्रेष्ठले सचिव तथा सुरज केसीले कोषाध्यक्षको जिम्मेवारी पाए । शाही निर्वाचित भए भने बाँकी दुई पदाधिकारी सर्वसम्मत चयन भए ।सदस्यमा राष्ट्रिय च्याम्पियनद्वय दीप साउन र नविता श्रेष्ठ, सुरेन्द्र सुवाल तथा प्रशान्त महर्जन रहेका छन् । चारै सदस्य निर्वाचित भएका हुन् ।
इन्दिरा गुरुङ उपाध्यक्ष तथा राष्ट्रिय खेलाडी रविना महर्जन र पुल्कित भीमसेरिया सदस्यमा मनोनित भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत धन शाहीले शपथ खुवाए । यसअघि साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले उद्घाटन गरेका थिए ।

Comment