साइपाल फाइनलमा

saipal mondaye
साइपाल एकेडेमीको ‘ए’ र ‘बी’ दुवै टिम प्रथम आइडियल कप अन्तरकलेज सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेको छ ।चावहिलको गणेशथानमा भएको पहिलो सेमिफाइनलमा साइपाल ‘बी’ ले पेन्टागन इन्टरनेसनल कलेजलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरे । साइपालका विश्वास परियार, उनम बुढाथोकी, सुजन खड्का र अतित ठकुरीले गोल गरे । पेन्टागनका अनिल शाही, राजन तामाङ र विकास तामाङले गोल गरे ।
आइडियल इङलिस उमाविद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा साइपाल ‘ए’ ले विट्स एकेडेमीलाई २–० गोलले हरायो । साइपालका सुनील वाइबाले गरे । अर्को गोल आत्माघाती रह्यो ।

Comment