मध्यमाञ्चलको तेक्वान्दो छनोट सम्पन्न

mid taeke
१२ औ साग खेलकुदका लागि हुने तेक्वान्दो छनोटमा मध्यमाञ्चलबाट प्रतिनिधीत्व गर्ने खेलाडीको टुंगो लागेको छ । मध्यमाञ्चलबाट छनोट हुने खेलाडीमा पुरुष ५४ किलोमा चितवनका शंकर उप्रेती, ५८ किलोमा काठमाडौंकका विपुल थापा, ६३ किलोमा पकवानपुरका अजय गुरुङ र ६८ किलोमा पर्साका मोहम्मद ओएस रहे ।
यसैगरी, पुरुष ७४ किलोमा ललीतपुरका रेजिन सिह, ८० किलोमा धादीङ्गका सुधीर श्रेष्ठ, ८७ किलोमा ललीतपुरका अनीस मर्हजन तथा ८७ किलो भन्दा माथिको तौल समुहमा मकवानपुरका मान बहादुर वाइवा छनोट भए । महिला तर्फ ४६ किलो तौल समुहमा भक्तपुरकी काजल श्रेष्ठ, ४९ किलोमा ललीतपुरकी सुप्रीमा सुनुवार, ५३ किलोमा काठमाडौकी शुष्मा श्रेष्ठ र ५७ किलोमा नुवाकोटकी रेनु लामा छनोट भए ।

Comment