नेपाल श्रीलंकासंग पराजित

nepalteammmm_1450169162edited
भारतमा जारी साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तरगत बुधबार श्रीलंकासंग भएको खेलमा नेपाल १–० ले पराजित भएको छ । खेलमा सुरुवात देखि आक्रमक रहेको नेपालले पूवाद्र्धमा केही राम्रा मुभ बनाए पनि गोल गर्न असमर्थ रहेको थियो । श्रीलंकाले प्रत्याक्रमणमा अन्तिम मिनेटमा गोल गरेको थियो । नेपालले अर्को खेल भारतसंग खेल्ने छ ।

 

Comment