राना र राइको तेक्वान्दो प्रशिक्षण केन्द्र

taek asse
तेक्वान्दोमा लामो समय विताएका पदम रानाले तेक्वान्दो ब्यबसायीक बनाउने सोचका साथ आर एन्ड आर इन्टरटेन्मेन्ट प्रालीको स्थापना गरेका छन् । बिन्द्र कुमार राइसंग मिलेर खोलेको काठमाडौ महानगर नवा नम्बर नौ स्थित उक्त सेन्टरमा नृत्य पनि सिकाइने छ ।  उनका पार्टनर राइ एरोबीक र जुमा लगायत अन्य सांस्कृतीक नृत्यमा पारंगत छन् । अन्तराष्ट्रिय स्तरमा सफलता पाएका राना र राइले २५ लाख रुपैया लगानी गरेका छन् । रानाले प्रशिक्षण केन्द्र राम्रो खेलाडी उत्पादनमा सहयोगी हुने बिश्वास ब्यक्त गर्छन् । उद्घाटन गर्ने क्रममा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष प्रदिप जोशी र राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीले शुभकामना दिए ।

Comment