सिन्धुलाई उपाधि

vetran1
सिन्धु स्पोर्ट्ले प्रथम सेभेन ए साइड भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।चावहिलमा भएको फाइनलमा सिन्धुले यारिस अटोमोबाइललाई ७–३ गोलअन्तरले पराजित ग¥यो । सिन्धुका निराजन रायमाझीले ४, सरोज थापाले २ विजय श्रेष्ठले १ गोल गरे । यारिसका हरि महर्जनले २ र अफिन श्रेष्ठले १ गोल फर्काए ।
उपाधिसंगै विजेताले ४० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे । चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा सिन्धुका सचिन श्रेष्ठ गोलरक्षक तथा राकेश श्रेष्ठ डिफेन्समा उत्कृष्ट चुनिए ।
विजेतालाई फास्ट टु फास्ट ग्रुपका अध्यक्ष भरतबहादुर थापाले पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

 

Comment