थ्रीस्टार लिग च्याम्पियन

उपाधिसंगै थ्रीस्टार टोली
उपाधिसंगै थ्रीस्टार टोली
उत्कृष्ट खेलाडी तथा प्रशिक्षक
उत्कृष्ट खेलाडी तथा प्रशिक्षक

थ्रीस्टार क्लबले यस बर्षको ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शनीबार भएको लिगको अन्तिम खेलमा एमएमसीलाई २–० ले पराजित ग¥यो । अन्तिम खेलमा बराबरी भए पनि थ्रीस्टार उपाधि जित्न सक्षम हुन्थ्यो । थ्रीस्टारका लागि ४७ औ मिनेटमा ओलावालले जगजीत श्रेष्ठको पासमा हेड गोल गरे । ९१ औ मिनेटमा विजय गुरुंगको पासमा विजय धिमालले गोल गरे । ९४ औ मिनेटमा एमएमसीका मोउसा फीनींगेले दोस्रो पहेलो कार्ड स्वरुप रातो कार्ड पाएका थिए । त्यसको लगत्तै एमएमसीका सुसील केसी र थ्रीस्टारका विजय धिमालले रातो कार्ड पाएका थिए ।
विजयी थ्रीस्टारले एक करोड रुपैया पुरस्कार पायो । उपविजयी नेपाल आर्मी क्लबले ५० हजार तथा तेस्रो हुने एमएमसीले २५ लाख रुपैया पाए । विजयी थ्रीस्टारका प्रशिक्षक राजेन्द्र तामांगले जित दिवंगत  क्लब अध्यक्ष ललीतकृष्ण श्रेष्ठप्रति समर्पीत गरेको बताए । थ्रीस्टारका किरण चेम्जोंग उत्कृष्ट गोलरक्षक घोषित भए । झापाका देवेन्द्र तामांग उत्कृष्ट रक्षक भए । एमएमसीका बिसाल राइ उत्कृष्ट मिडफील्डर तथा आर्मीका फरवार्ड नवयुग श्रेष्ठ उत्कृष्ट फरवार्ड घोषित भए । विजयी टोलीका तामांग उत्कृष्ट प्रशिक्षक घोषित भए ।

 

Comment