थ्रीस्टार लिगको शीर्षस्थानमा

football dil
ललितपुरे थ्रीस्टार क्लब राष्ट्रिय लिगको शीर्षस्थानमा उक्लिएको छ । बिहिबार मोरङको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई ४–१ ले पराजित गर्दै थ्रीस्टार लिगको शीर्ष स्थानमा उक्लिएको हो । थ्रीस्टारको १० खेलबाट १९ अंक भएको छ । दोस्रो स्थानमा रहेको झापा ११ को ११ खेलबाट १८ अंक छ ।
थ्रीस्टारको जितमा सन्तोष साहुखलले ह्याट्रिक पुरा गरे । ओलवाले अफिजले एक गोल गरे । थ्रीस्टार ३४ औँ मिनेटमा पछि परेको थियो । मोरङका टेकबहादुर लिम्बुले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ४५ औँ मिनेटमा जगजित श्रेष्ठको पासमा ओलावालेले बराबरी गोल फर्काए । दोस्रो हाफमा उत्कृष्ट खेल पस्केको थ्रीस्टारले ७७ औँ मिनेटमा अग्रता बनायो । डि एरियामा लडाएपछि थ्रीस्टारले पेनाल्टीको अवसर पाउको थियो जसमा सन्तोष साहुखलले गोल गरे । ९० औँ मिनेटमा साहुखलले फ्रिकिकमा उत्कृष गोल गरे । इन्जुरी समयमा गोल गर्दै साहुखलले ह्याट्रिक पुरा गरे । साहुखलको ह्याट्रिक लिगको पाँचौ ह्याट्रिक हो ।
यस्तै उपाधिको अर्काे दावेदार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले सुदुर पश्चिम फुटबल क्लबमाथि फराकिलो जित निकालेको छ ।
विहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले सुदूरपश्चिममाथि ६–० को फराकिलो जित निकालेको हो । मनाङलाई जिताउन दिपक राईले दुई तथा रुपेश केसी, विशाल राई, अनिल गुरुङ र डोडोजले समान एक–एक गोल गरे । सुरुआतबाट नै आक्रमक खेल खेलेको मनाङले २९ औं मिनेटमा पहिलो अग्रता बनायो । सुजल श्रेष्ठको क्रसमा रुपेश केसीको कडा प्रहार गोलरक्षक देव लिम्वुको हातमा लागेर गोल भएको थियो । ३७ औँ मिनेटमा मध्यभागमा विमल घर्तीमगरले गल्ती गरेको फाइदा उठाउदै सुजल श्रेष्ठकै त्रसमा डुडोजको हेड विपक्षी डिफेन्डर लावलले राम्रोसँग क्लियर गर्न नसकेको बलमा विशाल राईको प्रहा सिधै गोलमा परिणत हुँदा मनाङले अग्रता दोब्बर बनायो । पहिलो हाफको इन्जुरी समयमा कप्तान अनिल गुरुङको प्रहार डिफेन्डर सुदन थापाले गोललाइनबाट बचाएपनि त्यसको एक मिनेटपछि प्राप्त फ्रिकिकमा डुडोजले हेड गोल गर्दै पहिलो हाफमा मनाङको अग्रता तेब्बर पा¥यो । पहिलो हाफमा तीन गोल गरेको मनाङले दोस्रो हाफमा पनि थप तीन गोल ग¥यो । ५५ औं मिनेटमा सुशिल केसीको पासमा अनिल गुरुङले गोल गर्दै अग्रता फराकिलो बनायो । बाँकी दुई गोल भने दीपक राईको नाममा रह्यो । दोस्रो हाफमा सुशिल केसीको स्थानमा मैदान छिरेका दीपकले  ६३ औँ र इन्जुरी समयमा गोल गरे । यु–१९ टोलीका खेलाडीको बाहुलयता रहेको सुदुरले मनाङविरुद्व खेलेर खेल्न सकेन । निकै नै निराशजनक बनेको खेलमा सुदुरले तीनमात्र पोष्ट आक्रमण गर्न सक्यो । पहिलो हाफमा कुनै पनि पोष्ट आक्रमण नगरेको सुदुरले दोस्रो हाफमा केही सुधारिएको खेल  खेलेपनि गाले गर्न नसक्दा पराजित भयो । ५८ औँ मिनेटमा रवि भण्डारीको क्रसमा बिमल गोल गर्न चुक्दा सुदुरले गोल अन्तर घटाउने मौका चुकायो । ७८ औँ मिनेटमा गोलरक्षक अघि बढेको अवस्थामा जनोम मान लिगलको फ्लिक प्रहार दोस्रो बार नजिकैबाट बाहिरियो भने, ८७ औँ मिनेटमा डिएरिया बाहिरबाटको अबाको शक्तिशाली प्रहार पोलमा लागेर फर्कियो । खेलपछि सुदुरका प्रशिक्षक किरण श्रेष्ठले सबै खेलाडीहरु विरामी भएका कारण आफ्नो रिदममा खेल्न नसकेको प्रतिक्रिया दिए । ‘अघिल्लो तीन खेलको तुलनामा मनाङसँगको खेलमा खेलाडीहरु विरामी भएका कारण खेल्न सकेनन् ।’ श्रेष्ठले भने, ‘प्लेइङका मुख्य तीन डिफेन्स नहुँदा मनाङसँग पराजित हुन पुग्यो ।’ उनले राष्ट्रिय लिगमा डेब्यु खेल खेलेका गोलरक्षक देव लिम्वुले मनाङजस्तो बलियो टोलीसँग नर्मस भएर खेल्न नसकेको पनि बताए । यस्तै मनाङका प्रशिक्षक राजुकाजी शाक्यले महत्वपुर्ण खेल जितेको प्रतिक्रिया दिए ।
यस्तै विनोद कार्कीको ह्याट्रिक मद्दतमा विभागीय टोली नेपाल पुलिस क्लबले रेडबुल राष्ट्रिय लिग फुटबलमा फराकिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले जगदम्बा लुम्बिनी क्लब रुपन्देहीलाई ४–१ ले पराजित गरेको हो । पहिलो हाफको ३२ औँ मिनेटमा पहिलो गोल गरेका विनोद ४५ औँ मिनेटमा दोस्रो गोल गरेका कार्कीले ५४ औँ मिनेटमा ह्याट्रिक पुरा गरे । विनोद कार्कीको ह्याट्रिक लिगको चौथो ह्याट्रिक हो ।

Comment