राष्ट्रिय फ्रेन्ससिप तेक्वान्दो च्याम्पियनसिप काठमाडौंमा हुने

प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप २१ नोभेम्बरमा काठमाडौंमा हुने भएको छ । अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसि) को कार्यसमितिले सो निर्णय गरेको हो । सो राष्ट्रिय च्याम्पियनसिपबाट अमेरिकाको पोर्टल्यान्डमा हुने ११ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका लागि नेपालबाट सहभागी हुने खेलाडी छनोट गरिने आइओएफटिसिका महासचिव कारेन ब्ल्याकलेजले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ११ औं आइओएफटिसि सन् २०१६ को १४ र १५ अक्टोबरमा हुने छ ।
त्यसैगरि राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका लागि आइओएफटिसिको कार्यसमितिले आयोजक कमिटी गठन गरेको छ । हेड बोर्ड डाइरेक्टरमा महासचिव करेन ब्लायकलेज, आइओएफटिसिका प्रतियोगिताका डाइरेक्टर दिवाकर महर्जन, सगरमाथा डोजाङका चिफ मास्टर राष्ट्र राई हेका छन् । विशेष सल्लाहकारमा युर्निभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसनका महासचिव लव गोर्खाली छन् ।
त्यसैगरी मैत्री डोजाङका अष्टबहादुर महर्जनको संयोजकत्वमा १७ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । कमिटीको सह संयोजकमा युयुएनटिएफ नेपालका नोर्बु लामा छन् । सचिवमा सगरमाथा डोजाङका अर्जुन भक्त राई छन् । सह सहचिमा मैत्री डोजाङका सरण महर्जन छन् । कोषाध्यमा मैत्री डोजाङका रामचन्द्र ब्यान्जनकार छन् । सह कोषाध्यक्षमा युयुएनटिएफ नेपालका दिनेश श्रेष्ठ छन् ।
आयोजक कमिटिको सदस्यहरुमा फणिन्द्र खड्का, रविन्द्र जोशी, हरिहर पाण्डे, सगरमाथा डोजाङका मदन राई, दिपक धिमाल, मैत्री योगाका रुक्मणी महर्जन, सुजेन्द्र थापा, निरोज श्रेष्ठ लगायतका रहेका छन् । सल्लाहकारमा केदार महर्जन, राम अवाले, गोपाल महर्जन, ईश्वरमान बज्राचार्य, उज्जवल कृष्ण श्रेष्ठ, कृष्ण सिंह र सुनिल श्रेष्ठ छन् ।

Comment