क्रेसेन्ट कप तेक्वान्दो सम्पन्न

Manoj Shiama
31 December, 2025 2:45 am

प्रथम क्रेसेन्ट कप ललितपुर जिल्ला व्यापी तेक्वान्दो च्याम्पियनसिप २०८२ मङ्गलवार सम्पन्न भयो । प्रतियोगितामा पुम्सेतर्फ स्वस्तिक तेक्वान्दो डोजाङ पहिलो, महालक्ष्मी तेक्वान्दो डोजाङ दोस्रो तथा सूर्य शिक्षा सदन तेस्रो भए । 

स्पिक किक तर्फ गोदावरी कोरियन मार्सल आर्ट, टौखेलले पहिलो स्थान पायो । बडिखेल तेक्वान्दो डोजाङ दोस्रो तथा क्रेसेन्ट तेस्रो भयो । 

विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपक्षी मन्त्री मधुसूदन पौडेलले लगायतले पुरस्कार प्रदान गरे । पुरस्कार वितरण समारोहमा आइभिजे कमिस्नर मधुसूदन कार्कीका साथै अतिथिहरू कोरियन मार्सल आर्ट एकेडेमीका प्रमुख राजु श्रेष्ठको उपस्थिति थियो । महालक्ष्मी तेक्वान्दो डोजाङका प्रमुख रमन थापा, क्रेसेन्ट स्कुलका संस्थापक गोविन्द पुरी, रेफ्रि प्रेम दर्नाल तथा खेल प्रेमी अम्बिर सिलवाल लगायतको पनि उपस्थिति थियो । 

सोही कार्यक्रममा विभिन्न प्रतियोगितामा सफलता पाएका गोदावरी कोरियन मार्सल आर्टका खेलाडीहरूलाई सम्मान गरियो । वर्षा सुनुवार, रुसन राई, राकेश बोगटी, विवेक कुमार डोङ लामा तथा अर्जुन श्रेष्ठलाई उनीहरू आबद्ध गोदावरी मार्सल आर्टले १५ हजार रुपैयाँ सहित सहित सम्मान गरेको हो । अन्तर्राष्ट्रिय खेलाडी तथा गोदावरी कोरियन मार्सल आर्टका प्रमुख प्रकाश खत्रीको संयोजकत्वमा कार्यक्रम भएको हो ।