नेपाल सेमिफाइनलमा पराजित

????????????????????????????????????
बंगलादेशमा सिलेटमाले  जारी साफ यू–१६ फुटबल च्याम्पियनसिको सेमिफाइनलमा भारतसँग पराजित हुँदै नेपाल बाहिरिएको छ । भारतले नेपाललाई १–० ले पराजित गरेको हो । दोस्रो सेमिफाइनल भिडन्तको पहिलो हाफमा बेहोरेको १–० को नतिजा नै निर्णायक भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । जितपछि भारतले आयोजक बंगलादेशविरुद्ध उपाधिका लागि प्रतिस्र्धा गर्नेछ । भातरसंग नेपालको यो लगातार तेस्रो हार हो । यस अघि पहिलोमा सेमिफाइनल र दोस्रोमा फाइनलमा भारतले नेपाललाई हराएको थियो ।

पूरा समय खेल आफ्नो नियन्त्रणमा राखेको युवा टिमले पहिलो हाफको १६ औं मिनेटमा नै गरेको राम्रो प्रहार पोलमा लाग्दै बाहिरिनु नेपालका लागि दुर्भाग्य बन्यो । अशोक थापाले गरेको उत्कृष्ट क्रसलाई क्षितिजराज जीटीले दोस्रो बार च्यापेर गरेको प्रहार पोलमा लाग्दै बाहिरिएको थियो । त्यसपछि पनि एकपछि अर्को राम्रा प्रहार गरेको नेपाली युवा टिमका कुनै पनि प्रहार गोल नहुदा सम्भावित बराबरीको ढोकासमेत बन्द भएको थियो । सीमित मौका सिर्जना गरेको भारतले पहिलो हाफको २२औं मिनेटमा अग्रता कायम ग¥यो जुन उसको जितको मुख्य आधार बन्यो । भारतीय टोलीका अलीले दुई डिफेन्डर विट गर्दै गरेको आकर्षक प्रहार गोलमा परिणत भएको थियो ।

 

Comment