करातेकर्मीको सम्मान

ksme

नेपाल वादोरियो कराते डो संघले १९ औं सेन्ट्रल इङल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदक विजेता सुनील लामा र पर्शुराम बाँस्तोलालाई शनिबार सम्मान गरेको छ ।
लन्डनमा जुलाई ५ र  ६ मा भएको उक्त च्याम्पियनसिपमा सुनीलले पुरुषको ६७ केजी मुनि तथा पर्शुरामले पुरुष एकल कातामा कांस्य जितेका थिए । दुवैलाई समान १५–१५ हजार रुपैया  पुरस्कार सहित सम्मान पत्र प्रदान गरियो ।
त्यसै अवसरमा गत फागुनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनामा सम्पन्न एडभान्स स्पोर्ट्स साइन्स कोर्ष फर इलाइट कोचेजमा ९२.५ प्रतिशत अंक ल्याइ उत्कृष्ट स्थान हासिल गर्न सफल १० औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी एवं वर्तमान राष्ट्रिय कराते टिमका प्रशिक्षक मध्येका एक कुशल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । नेपाली करातेको मुलधारमा प्राज्ञीक चरित्रको खेलकर्मीको अभाव खट्कीरहेको समयमा कुशलले त्यसलाई पुरा गर्ने अपेक्षा गरिएको छ । भद्र स्वभबका सम्मानीत तीन ब्यक्तित्व फरक पृष्ठभुमीका खेलकर्मी हुन् । लामो समय विभिन्न आरोह अबरोहका बाजुद परशुराम करातेमा अडिग र दृढ ब्यक्तित्वको रुपमा परिचित छन् भने सुनील मिहेनती र परिश्रमी ब्यक्तित्वको रुपमा परिचित छन् । यसैगरी, कुशल खेल जिवनको लगत्तै ब्यबस्थापकीय, प्रशिक्षण र रेफ्रि तीनै क्षेत्रमा निखार ल्याउन सफल ब्यक्तित्वको रुपमा चिनिन्छन् ।
उनीहरुलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टको सम्मानमा नेपाल वादोरियो कराते डो संघले बसुन्धारास्थित यति पार्टी प्यालेसमा आयोजना गरेको स्वागत तथा बधाइ ज्ञापन कार्यक्रममा सम्मान गरिएको हो ।
नेपाल कराते महासंघका महासचिव एवं वादोरियो करातेका मुख्य प्रशिक्षक हरिशरण केसी, प्रशिक्षक, खेलाडी लगायतले सदस्य–सचिवविष्टलाई स्वागत गर्नुका साथै बधाइ दिएका थिए । केसीले सदस्य–सचिव विष्टलाई मायाको चिनो पनि प्रदान गरे ।
सभासद् आनन्दपोखरेल, सदस्य–सचिव विष्ट, कराते महासंघकाअध्यक्ष दावा गुरुङ, हरिशरण केसी लगायतले सुनील, पर्शुराम र कुशललाई सम्मान गरेका थिए ।
सोही अवसरमा वादोरियोको विभिन्न जिल्लाका डोजो र स्कुल खेलकुद विभागलाई खेल सामाग्री प्रदान गरिएको थियो । त्यसै अवसरमा भारतको गुजरातमा २२ र २३ अगष्टमा हुने छैटौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भाग लिने वादोरियो टोलीलाई ट्रयाकसुट पनि प्रदान गरियो ।

Comment