नाइट किङ विजयी

sports for all
स्पोर्ट्स फर अल क्लब नेपालले आयोजना गरेको मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगितामा नाइट किङ भेट्रान टिम, सानोगौचरण शनिबार विजयी भएको छ । सानोगौचरणमा भएको खेलमा नाइट किङले आयोजकलाई ४–३ गोलले हरायो । मित्र राष्ट्र भारतलगायत अन्य राष्ट्रका टिमसंग नेपाली भेट्रान टोलीले मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको हुँदा सोको तयारी स्वरुप उक्त प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष लोकबहादुर शाहीले जनाएका छन् । मैत्रीपूर्ण खेल भूकम्प पीडितको सहयोगार्थ खेल्न लागिएको शाहीले जानकारी गराए ।

Comment