कुँवरलाई विश्व तेक्वान्दो महासघंद्वारा सम्मान
Manoj Shiama
16 July, 2015 11:12 am

डब्लुटिएफले नेपालमा पारा तेक्वान्दो विकासका लागि महत्वपूर्ण भूमिका खेलेको र विश्व पाराल्याम्पिक तेक्वान्दोमा सहभागिता जनाई सहयोग गरेकोले उनलाई सम्मान गरिएको थियो । यादव रसियामा सम्पन्न चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य र स्विटजरल्यान्डमा सम्पन्न पाँचौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक विजेता खेलाडी हुन् ।
उनी हाल नेपालमा पारा तेक्वान्दोमा अन्य खेलाडीहरूको सहभागिता गराई पारा तेक्वान्दो खेल विकासमा लागिपरिरहेका छन् । ताइपेइमा केही महिना अगाडि मात्र सम्पन्न पारा तेक्वान्दोमा च्याम्पियनसिप उनी प्रशिक्षक रहँदा नेपालले कास्य पदक जितेको थियो ।