घलेलाई टेनिस उपाधि

tennis winner
कृष्ण घलले ओलम्पिक डेको उपलक्ष्यमा अखिल नेपाल लन टेनिस संघले आयोजना गरेको भेट्रान टेनिस प्रतियोगिताको ४५ बर्ष माथिको उपाधि जितेका छन् । फाइनलमा उनले चन्द्र शाहीलाई  ८–३ ले हराए । ३५ बर्ष भन्दा माथिको उमेर समुहमा कमल भण्डारीले राजु श्रेष्ठलाई ८–३ ले हराउदै उपाधि जिते । युगल तर्फ कमलले महेश श्रेष्ठ संग मिलेर उपाधि जिते । उनले फाइनलमा मनोज राणा र राजेश क्षेत्रीको जोडीलाई हराए ।
५५ बर्ष भन्दा माथि मनोज राणा तथा ५५ बर्ष माथि भिक्ट्री रानाले उपाधि जिते । विजेतालाई नेपाल ओलम्पिक कमिटीका महासचिव जिवन राम श्रेष्ठले पुरस्कार प्रदान गरे ।  सो अबसरमा महासचिव श्रेष्ठले दैवी विपत्तमा देश परेको समयमा पनि ओलम्पिक कमिटीको भुमिका प्रमुख रहेको बताए । अखिल नेपाल लन टेनिस संघका महासचिव महेश्वर दास मुलले पनि धन्यबाद ज्ञापन गरेका थिए ।

Comment