विधान इसिडिसि तेक्वान्दो डोजाङ्गमाा

bidhan2  नेपाली खेलकुदका मिथक पुरुष तथा सन् १९८८ को सोल ओलम्पिकका काश्य पदक विजेता विधानलाई नेपालमा सम्मान गर्ने क्रम जारी छ । उनले सोल ओलम्पिकमा फीन वेटमा प्रदर्शनी खेलमा काश्यक पदक जितेका थिए । उनी सन् १९८८ मा नेपालका भएको एसियन च्याम्पियनसीपका रजत पदक विजेता हुन् । सेमिफाइनलमा जोर्डनका खेलाडीसंग भएको बाउटमा चोट बोकेका कारण
त्यो भन्दा अघि नै कोरियामा नै भएको सातौ बिश्व  च्याम्पियनसीपमा काश्य पदक जितेका कारण उनी सिधै ओलम्पिकमा प्रबेश पाउन सफलल भएका थिए ।
चपलिमा अवस्थित इसिडिसि तेक्वान्दो डोजाङ्गले तेक्वान्दो लिजेन्ड एवम सफल खेलाडी विधान लामालाई सोमबार सम्मान गरेको छ । लामालाई प्रारम्भिक बालविकास केन्द्र(इसिडिसि) का सस्थापक संरक्षक एवम् सन् २०१२ सिएनएन हिरो अवार्ड विजेता पुस्पा बस्नेत,सस्थाका निर्देशक विशाल,विश्व पारा तेक्वान्दोकाी सिधै  पदक विजेता यादव कुवँर र इसिडिसि तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक कल्याण कुवँर, लगायतले स्वागत र सम्मान गरेका थिए ।
सो अवसरमा पशुपति तेक्वान्दो डोजाङ्गका प्रशिक्षक कविराज नेगी लामा लगायत तेक्वान्दोका विभिन्न खलाडीको उपस्थीती रहेको थियो । यादव कुवँर इसिडिसि तेक्वान्दो डोजाङ्गका सस्थापक समेत हुन् ।
विधान लामाले सन् १९८८ मा दक्षिण कोरियामा भएको २४ औं ओलम्पिक गेम्सअन्तर्गत प्रदर्शनी खेलको रुपमा राखिएको तेक्वान्दोतर्फबाट कास्य पदक तथा आठौं एसियाली तेक्वान्दो च्याम्पियनसिपमा रजत र सन् १९८६ मा भएको आठौं विश्व तेक्वान्दो च्याम्पियनसिपमा कांस्य तथा १० औं एसियाली खेलकुदमा कांस्यमा पदक हात पारेका थिए । केही समय यता उनि अमेरिका बसस्दै आएका छन् ।
लामालाई तेक्वान्दो खेलमा अतुलनिय योगदान पु¥याएको भन्दै बालविकास केन्द्रका सस्थापक पुस्पा बस्नेतले खादा,फुलमाला लगायतले सम्मान गरेकी थिइन् । बस्नेतले तेक्वान्दाको सफल हस्ती विधान लामाको उपस्थीतीले तेक्वान्दोका खेलाडीहरुलाई ठुलो हौसला मिलेको बताइन् ।
डोजाङ्गका प्रशिक्षक कुवँरले भने विधान गुरुको भ्रमणले खेलाडीहरुलाई उत्पेरणा  र मार्गदर्शन मिलेको छ । सन् १९८७ मा सुप्रबल गोर्खा दक्षिण बाहुबाट समेत विभूषित भएका लामाले डोजाङका खेलाडीहरुलाई अनुसाशित रुपमा कडा परिश्रम गरेर टेनिङ गरे सफलता मिल्ने सुझाव दिए । उनले भविष्य खेलाडीहरुलाई आवश्यक परेको खण्डमा आफुले सक्दो सहयोग गर्ने समेत बताए

Comment