टेबलटेनिस टोली दिल्ली जाने

tbletennis

दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछ । जुन १७ देखि १९ तारिखसम्म चल्ने प्रतियोगितामा समान ५–५ पुरुष र महिला खेलाडीले नेपालको चुनौती पस्कनेछन् ।   पुरुषको जुनियरमा सुबोध लिम्बू, महावीर चौधरी र डिकेन महर्जन तथा क्याडेटमा श्यान्टु श्रेष्ठ र रितिज जोशी रहेका छन् । महिलाको जुनियरमा नोरदेन तामाङ, रेनुका राना मगर र रुपा लिम्बू तथा क्याडेटमा दीक्षा तामाङ र सुक्रिति श्रेष्ठ छन् ।

टिम व्यवस्थापकमा जयन्त बाँस्तोला तथा प्रशिक्षकमा राजेन्द्र श्रेष्ठ रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, उपाध्यक्ष वृजेन्द्र हमाल र धर्ममान वज्राचार्य, महासचिव कुँवेर सिंह, टेबलटेनिस मुख्य प्रशिक्षक सुनील योञ्जनलगायतले राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा बिदाइ गरे ।

Comment