नान्बुकाइ सितोरियोमा माधव

pradip
जापान कराते डो, नान्बुकाइ सितोरियो संघ नेपालको अध्यक्षमा माधवराज थापा शुक्रबार निर्विरोध निर्वाचित भएका छन् । संघको पहिलो साधारणसभाले थापाको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन ग¥यो ।
उपाध्यक्षमा प्रदीप थापा, विकास थापा, राजकिशोर श्रेष्ठ र राजेन्द्र दुलाल, महासचिवमा वीरबहादुर तामाङ, सचिवमा इन्द्रबहादुर सापकोटा तथा कोषाध्यक्षमा पार्वती थापा (पाण्डे) रहेका छन् ।
विष्णुलाल श्रेष्ठ, मधुकला थापा (प्याकुरेल), राजेन्द्र गौतम, कर्तो गुरुङ, तीर्थबहादुर श्रेष्ठ, लक्ष्मण रेग्मी, राजेन्द्र मैनाली, सुस्मिता तामाङ, खड्गलाल श्रेष्ठ, डा. ज्ञानेन्द्रविक्रम शाह तथा ऋषिराम आचार्य सदस्यमा चयन भए ।
साधारणसभाको युवा तथा खेलकुद पूर्व मन्त्री हितबहादुर तामाङले उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामा, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ र महासचिव हरिशरण केसी, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनलगायतको उपस्थिति थियो ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राखेपका सदस्य मनबहादुर न्यौपानेले प्रमाणपत्र प्रदान गरे । साधारणसभामा केन्द्रका १९ र १५ जिल्लाबाट २ का दरले ३० गरी ४९ प्रतिनिधि उपस्थित थिए ।

Comment