मनांग शिर्ष स्थानमा उक्लीयो

birat_1428757322
मनांग मस्र्याङदी क्लब राष्ट्रिय लिग फुटबल प्रतियोगिताको अंक तालीकामा शिर्ष स्थानमा उक्लेको छ । शनीबार भएको खेलमा मनांगले एपीएफलाई ३–० ले पराजित गर्यो । १२ औ मिनेटमा बिसाल राइको गोलमा अग्रता लिएको मनांगले ४१ औ मिनेटमा डुडोजको गोल मार्फत अग्रतालाई फराकिलो बनायो । ५७ औ मिनेटमा डुडोजको क्रसमा शिब श्रेष्ठले सहज गोल गरे ।
जित पछि अपराजित मनांगको चार खेलबाट १० अंक भएको छ । दोस्रो स्थानमा रहेको झापाको नौ अंक छ । पराजित एपीएफ सात अंकका साथ गोलअन्तरमा थ्रीस्टार भन्दा पछि रहदै चौथो स्थानमा झर्यो ।

Comment