राष्ट्रिय लिगमा मनाङको बराबरी

anile
रेडबुल राष्ट्रिय लिग फुटबल अन्तर्गत बुधबार दशरथ रङगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई सशस्त्र प्रहरी (एपीएफ) क्लबले २–० गोल अन्तरले पराजित गर्यो । प्ुालिसले जारी लिगमा लगातार तेस्रो हार बेहोरेको छ ।  खेलमा सशस्त्रलाई विजयी गराउन दुबै  गोल रन्जन विष्टले गरे । उनले १० औँ र ५९ औँ मिनेट गोल गर्दै एपिएफलाइृ जित दिलाए ।
यो जितसँगै सशस्त्रले ३ खेलबाट ७ अंक जोड्दै थ्रीस्टार क्लबसँग बराबरी गरेको छ ।

पूर्व लिग  विजेता पुलिस भने पहिलो पटक ‘होम एन्ड अवे’का आधारमा भइरहेको ९ टोली सहभागी प्रतियोगिताको पुछारमा छ । पुलिसले अहिलेसम्म अंकको खाता नै खोल्न सकेको छैन ।

राष्ट्रिय लिग फुटबलको अर्को खेलमा दशरथ रंगशालामै मनाङ र्मस्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब विच १ – १ गोलको बराबरी भयो । आर्मीका लागि भरत खवास तथा मनांङका लागि अनीद गुरुङ्गले गोल गरे ।

Comment