भेट्रानमा घलेको जित

tennis apf
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा चैत्र ११ गतेबाट संचालित ‘सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७१’ अन्तर्गत बिहीबार विभिन्न इभेन्ट्सका खेलहरु भएका छन् ।
बिहिबार भएको पुरुष एकलको खेलर्मा  शक्ति शर्माले सुरज थापालाई ६–३, २–६ र ७–५ ले, मिलन रोकायले गणेश कार्कीलाई ६–२ र ६–१ ले, अनिल शाहीले छेवाङ्ग लामालाई ४–६, ७–५ र ६–२ ले, कमल भण्डारीले श्रीयान्स कार्कीलाई ७–५, ६–२ र ६–२ ले, दावा शेर्पाले प्रणय खनाललाई ६–० र ६–० ले, अभिषेक बाँस्तोलाले सुब्रत बस्नेतलाई ६–० र ६–१ ले तथा सन्तोष खत्रीले प्रवेश पन्तलाई ६–२ र ७–५ ले पारजित गरी दोश्रो चरणमा प्रवेश गरेका छन् भने सोही इभेन्टमा जितेन्द्र परियारले वाक ओभर पाएका छन् ।
यसैगरी पुरुष युगलतर्फको खेलमा जितेन्द्र परियार र श्रीयान्स कार्कीको जोडीले शिवराम रानामगर र गणेश कार्कीको जोडीलाई ६–० र ६–० ले, दावा शेर्पा र अभिषेक बाँस्तोलाको जोडीले आकाश लामखोर र श्याम जि.सी.को जोडीलाई ६–२ र ६–१ ले, आत्मराम कार्की र सन्तोष खत्रीको जोडीले अनील सेन्चुरी र शेषमणि चौधरीको जोडीलाई ६–० र ६–० ले तथा शक्ति शर्मा र अनिल शाहीको जोडीले प्रणय कार्की र राजकुमार लामाको जोडीलाई  ६–० र ६–२ ले पराजित गरी दोश्रो चरणमा प्रवेश गरेका छन् ।
यसैगरी ४५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा कृष्णराज घलेले पदम गुरुङ्गलाई ६–० र ६–० ले, वाल्टर स्मीतले राजकुमार प्रसाद घिमिरेलाई ६–१ र ६–३ ले, रजोजमान श्रेष्ठले महेश्वर दास मुललाई ६–२ र ६–० ले, राजु गुरुङ्गले लोक गुरुङ्गलाई ६–१ र ६–३ ले, लालप्रसाद रोकायले हर्क गुरुङ्गलाई ६–१ र ६–० ले, विनोद कायस्थले प्रताप मोक्तानलाई ६–३, ३–६ र ७–५ ले तथा धर्मसिंह लामिछानेले गोपालदास मानन्धरलाई  ६–१ र ६–४ ले पराजित गरी दोश्रो चरणमा प्रवेश गरेका छन् भने सोही इभेन्टमा मनोज शाहले वाक ओभर पाएका छन् ।
यसैगरी ५५ वर्षमाथि भेट्रान्स युगलतर्फको खेलमा सहदेव ढुंगाना र धु्रब गुरुङ्गको जोडीले प्रेम थापा र फादर म्याथुको जोडीलाई ६–४ र ७–५ ले तथा ज्ञानेन्द्र ताम्राकार र गौतम लाल प्रधानको जोडीले विजय मोक्तान र श्याम बहादुर थापाको जोडीलाई ७–५, ७–६ र १०–८ ले पराजित गरी दोश्रो चरणमा प्रवेश गरेको छ ।
१५ चैतेसम्म संचालन हुने सो प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख रुपैयाँ रहेको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको लनटेनिस कोर्ट तथा ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस संघको कोर्टमा संचालन भइरहेका छन् ।
प्रतियोगितामा समावेश कूल १४ वटा इभेन्ट्समा गरी २१ जना महिलासहित दुई सय ७० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्दै छन् ।
उक्त प्रतियोगितामा पुरुष एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र क्वाटर फाइनलिष्टलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छभने पुरुष युगलतर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ तथा द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२० हजार रुपैयाँ रहेको छ ।
यसैगरी महिला एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छभने महिला युगलतर्फ प्रथम पुरस्कार ४० हजार, द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२०  हजार रुपैयाँ रहेको छ । यसैगरी मिश्रित युगलतर्फ प्रथम पुरस्कार ४० हजार तथा द्वितिय र तृतीय पुरस्कार २०÷२० हजार रुपैयाँ रहेको छ ।
 

Comment