उद्घाटन खेलमा डेमसाइड विजयी

???????????????????????????????
पोखरा
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा सम्बन्धित खेल सङ्घहरूको व्यवस्थापनमा पोखरामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत आइतबारदेखि पोखरा रड्डशालामा स्व. बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
कास्की जिल्ला फुटबल सङ्घको व्यवस्थापनमा आइतबार भएको उद्घाटन खेलमा समूह सी को डेमसाइड क्लबले नवआदर्श सामुदायिक विकास समाजलाई ३–१ ले पराजित ग¥यो। निर्धारित ३५–३५ मिनेटको खेलमा डेमसाइडको लागि रामकृष्ण महर्जन, अशोक गुरुङ र जीत कार्कीले एक–एक गोल गरेका थिए। खेल सुरु भएको १५ मिनेटमा अशोक थापाको गोलमार्फत अग्रता लिएको नवआदर्शले २६ मिनेटमा बराबरी गोल खाएको थियो। पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा लगातार दुई गोल खाँदै नवआदर्शले लिगको पहिलो महŒवपूर्ण तीन अड्ढ डेमसाइडलाई सुम्पियो।
यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले उद्घाटन गरेको प्रतियोगितामा कास्की जिल फुटबल सङ्घका उपाध्यक्ष मिलन गुरुङले स्वागत मन्तव्य राखेका थिए।
कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष धरमबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय खेलकुद विकास समितिका नासु डीबी नेपालीले गरेका थिए।सोमबार समूह ए को संगम र विष्णपादुका क्लबबीच बिहान साढे सात बजे पहिलो, सोही समूहकै शीतलज्योति क्लब र एपेक्स क्लबबीच नौ बजे दोस्रो, समूह बी को एलजी एशोसिएसन र सत्य युवा क्लबबीच ११ बजे तेस्रो तथा सोही समूहकै आदर्श युवा क्लब र डेभिडफल क्लबबीच दिउँसो साढे एक बजे चौथो खेल हुने सङ्घका कार्यालय सचिव आशिष कार्कीले जानकारी दिए।
चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल सङ्घको मातहतमा रहेको १५ क्लबको सहभागिता रहेको छ। १५ क्लबलाई चार समूहमा विभाजन गरिएको छ। जसअनुसार समूह ए मा संगम, विष्णुपादुका, शीतलज्योति र एपेक्स, समूह बी मा एलजी एशोसिएसन, सत्य, आदर्श र डेभिडफल, समूह सी मा पोखरा भ्याली स्पोर्टस् कलब, डेमसाइड र नवआदर्श सामुदायिक विकास समाज तथा समूह डी मा गार्डेन एफसी, इन्द्रेणी एकीकृत विकास समाज र नयाँगाउँ युथ क्लब रहेका छन्।

Comment