भरतपुरमा साइक्लिङको तयारी


प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना तथा बाग्मती प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन चैत २६ गते चितवनको भरतपुरमा हुने भएको छ ।
प्रतियोगितामा पुरुष÷महिलामा एलिट, मास्टर्स र चितवनवासी गरी विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक प्रतिष्ठानकी निर्देशक गङ्गा दाहालले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सबैको दूरी ६० देखि ६५ किलोमिटर हुने छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल नगद पुरस्कार ५ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता सह–संयोजक रवीन्द्र श्रेष्ठले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न करिब ४२ लाख ७३ हजार ३ सय ३५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता व्यवस्थापन गरेर बचेको रकम क्यान्सर पीडित तथा अशक्त, असहाय र विपन्न नागरिकलाई सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सन्तकुमार दरै, प्रतिष्ठानका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Comment