नेपाल पहिलो पटक विश्व साइक्लिङमा

नेपाल पहिलो पटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदै छ । अगस्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान १–१ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषमा सुरज राना मगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने   छन् । दुवै १९ औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । उषाले १३ औँ दक्षिण एसियाली खेलकुदमा एमटीबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन् ।

व्यवस्थापकमा नेपाल साइक्लिङ सङ्घका महासचिव रञ्जन राज भण्डारी रहेका छन् । टोली आइतबार स्कटल्यान्ड प्रस्थान गर्ने छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले बिहीबार  बिदाइ गरे ।

Comment