नेपाली महिला टोली अघिल्लो चरणमा

tennis photo
मलेसियामा भएको पहिलो जुनियर टेनिस ओसियाना एसिया समुहको चरणको प्री क्वालीफाइंगमा सफलता पाउदै नेपाली महिला जुनियर टेनिस टोली अघिल्लो चरणमा प्रबेश गरेको छ । लेबनान माथि २–१ को जित पछि नेपाल चौथो स्थान हात पार्दै अघिल्लो चरणमा छनोट भएको हो । नेपाली टोलीमा इरा राउत र अल्सा रेग्मी समाबेश थिए ।
यसैगरी सम्यकभुषण बज्राचार्य, रेन्जन लामा र प्रसान्त थापा सम्मीलीत नेपाली टोलीले प्ले अफ खेल्ने भएको छ । नेपाली टोलीले इरान र श्रीलंकालाई २–१ ले  नै पराजित गरेको हो ।

Comment