एपीएफ बुढासुब्बाको सेमिफाइनलमा

???????????????????????????????
सरीता पुमा राई
एपीएफ क्लब   १७ औ बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । धरान फुटबल क्लबको आयोजनामा सञ्चालीत प्रतियोगिताको सोमबार भएको खेलमा  एपीएफले  े सिनाल्चु सिक्कीमलाई ४—१ गोलको अन्तरले पराजित गरेको हो । खेलको पुर्वाराद्र्ध समयमा दुबै टिमको गोल हुन सकेन । उत्ताराद्र्धको चौथो मिनेटमा रमेश दाहालको पासमा राजेन्द्र रावलले गोल गर्दै एपीएफलाई पहिलो अग्रता दिलाए । उतराद्र्धको २३ औ मिनेट गणेश लावतीले, २५ औ मिनेटमा रञ्जित बिष्ट र ४५ औ मिनेटमा प्रविन साहुदेनले एपीएफका लागि थप गोल गरे ।
सिनाल्चु सिक्कीमका मार्टिन भुटियालले उत्तराद्र्धकोे ३५ औ मिनेटमा गोल गरे ।  खुसेन मन्गेरले रेडकार्ड पाए पछि सिक्कीम १० खेलाडीमा सिमित भएको थियो । एफिएफका सन्तोष श्रेष्ठलाई हिकाएपछि रेफ्रिले उनलाई  रेडकार्ड दिएका थिए ।  खेलको म्यान अफ द म्याच एफिएफका गणेश लावती भए । एफिएफका प्रशिक्षक कृष्ण थापाले राष्ट्रिय खेलाडीहरु दुई जनामात्र रहेको कारणले भने जस्तो अझ गोल गर्ने नसकेको बताए । खेलाडिहरुले राम्रो नै खेल खेलको कारणले पनि जित्न सफल भएको उनले बताए । त्यसैगरी सिनाल्चु सिक्कीमका प्रशिक्षक  अमोस सुब्बाले आफनो टिमको त्यति धेरै प्राक्टीस नभएको  कारणले खेलमा हारेको  बताए । सिनाल्चु सिक्कीमको टिममा सेट नमिलेको पनि उनले बताए । एफिएफ क्लबको टिम सेट रहेको कारणले पनि उनीहरुले जित्न सफल भएको उनले बताए । मंगलबार मनाङ्ग मस्याङ्गदी क्लब बिरुद्ध मुनाल ११ झापाकको खेल  हुने छ ।

Comment