जुनियर टेनिस टोली मलेसिया जाने

tennis malasia

जुनियर विश्व लनटेनिस च्याम्पियनसिपमा भाग लिन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार मलेसियाको कुचिङ प्रस्थान गर्दैछ ।
फेब्रुअरी २६ देखि मार्च ४ तारिख सम्म हुने च्याम्पियनसिपको पुरुषमा संरक्षकभूषण वज्राचार्य, रेन्जन लामा र प्रशान्त बस्नेतले प्रतिस्पर्धा गर्नेछन् । महिलामा इरा राउत र अल्सा रेग्मीले भाग लिने छन् ।
टिम प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य रहेका छन् । नेपालले टेनिसमा कुनैपनि स्तरको विश्व च्याम्पियनसिपमा पहिलोपल्ट सहभागिता जनाउन लागेको प्रशिक्षक वज्राचार्यले जनाएका छन् । टोलीलाई टेनिस प्रशिक्षक कृष्णराज घलेले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सोमबार बिदाइ गरे ।

Comment