लनटेनिस टोली बैंकक जाँदै

tennis bidai
यु–१४ डेभलोप्मेन्टक्याम्पमा सहभागी हुन ५ खेलाडी सहित७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ ।
उक्त क्याम्पमा पुरुषतर्फ दीपेश केसी, सम्यकभूषण वज्राचार्य र छविलाल राउत तथा महिलामा खुशीपाण्डे र अभिलाषा विष्टले भागलिने छन् । प्रशिक्षकमा जितेन्द्र परियार र व्यवस्थापकमा अजय विष्ट रहेका छन् ।
टोलीलाई अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोज राणा र महासचिव मनोहरदास मुलले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment