टेनिस विजेता सम्मानित

tennis samman edited
कतारको दोहामा भएको कतार एसियाली जुनियर टेनिस टिम कपमा तेश्रो भएको नेपाली टोलीलाई सम्मान गरिएको छ ।    डिसेम्बर २३ देखि ३० तारिखसम्म भएको उक्त प्रतियोगतामा संरक्षकभूषण वज्राचार्य, रेन्जन लामा, प्रणव खनाल र सम्यकभूषण वज्राचार्य सम्मिलित पदक विजेता टोलीलाई टेनिस फर्टिनिटीले सम्मान गरेको हो ।
त्यस्तै भियतनामको होचिमिन्हमा सम्पन्न आईटीएफ एसियाली १४ एन्ड अन्डर डेभलोप्मेन्ट टेनिस च्याम्पियनसिपको टुर– २ मा पहिलो स्थान हासिल गर्ने नेपाली गल्र्स जोडी एनी माथेमा र इरा राउत पनि सम्मानित भए । उक्त जोडीले फाइनलमा श्रीलंकाली खेलाडी जोडीलाई पराजित गरेको टिम प्रशिक्षक कृष्णराज घलेले जनाएका छन् । टुर– १ मा भने एनी र इराको जोडी सेमिफाइनलमा श्रीलंका र मकाउका खेलाडी जोडीसंग पराजित भएका थिए । संरक्षकले भने टुर– १ मा पाँचौं स्थानमा यात्रा टुंगाएका थिए भने टुर– २ मा कांस्य जितेका थिए । त्यो उपलब्धीसंगै संरक्षक डिभिजन– १ मा पनि बढुवा भएका छन् ।
सोही अवसरमा टिम कपका टिम प्रशिक्षक सूर्यभूषण वज्राचार्य र डेभलोप्मेन्ट टेनिसका टिम प्रशिक्षक कृष्णराज घलेलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोज राणा, उपाध्यक्ष दिनेश तुलाधर, सल्लाहकार राजु श्रेष्ठ लगायतले खादा लगाइ सम्मान गरे ।

Comment