पूर्व फुटबल खेलाडी उपचारार्थ सहयोग प्रदान

vetran football1
स्पोटर््स फर अल क्बल नेपालले पुर्व राष्ट्रिय खेलाडीलाई एनविए नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको फाइनल तथा समापनको अवसरमा सम्मान गरेको छ । प्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणाले उनीहरुलाई सम्मान गरेका थिए । पूर्व प्रहरी महानिरिक्षक तथा राष्ट्रिय टिमका पूर्व कप्तान अच्चुतकृष्ण खरेल, पूर्व वरिष्ठ प्रहरी उपरिक्षक बाबुराम पुन, पूर्व राष्ट्रिय फुटबल टिमका गोलरक्षक विष्णुगोपाल श्रेष्ठ, पूर्व प्रशिक्षक भिम थापा, सेनाकापूर्व सहयाक रथी यम थापा, पूर्व उपरथी गजेन्द्र लिम्बु, पूर्व प्रहरी नायक महानिरिक्षक रुपालशम्शेर राणा, पूर्व प्रहरी नायव उपरिक्षक लक्ष्मण क्षेत्री, पूर्व जिल्ला शिक्षा अधिकारी हरिसुन्दर श्रेष्ठ, पूर्व राष्ट्रिय टोलीका डिफेन्डर नरेन्द्रमान सिंह सम्मानीत भए ।
सोहि अवसरमा नेपाली राष्ट्रिय फुटबल टिमको प्रतिनिधित्व गर्दै महत्वपूर्ण योगदान दिएका चार जना पुर्व राष्ट्रिय फुटबल खेलाडीलाई उपचारार्थ जनही २५ हजार पुरस्कार समेत प्रदान गरिएको छ ।
सहयोग प्राप्त गर्ने खेलाडीमा राष्ट्रिय टिमका पूर्व चर्चित फरवार्ड मणी विक्रम शाह, सागका स्वर्ण विजेता वाई वि घले, पूर्व फिफा रेफ्री श्रीराम रजितकार र पूर्व प्रहरी निरिक्षक अशोक केसी रहेकोका छन् । सम्मान कार्यक्रमका नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेल, संयोजक मदनकृष्ण श्रेष्ठको उपस्थिति थियो । साथै सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै स्पोटर््स फर अल क्लबका अध्यक्ष लोकबहादुर शाहीले २९ मेमा सगरमाथा आरोहण दिवसको अवसरमा नेपाल कप आमन्त्रण कप फुटबल प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने तयारी भएको बताउ । एन्फाका पूर्व उपाध्यक्ष टासी घलेको संयोजकत्वमा हुने प्रतियोगितामा विदेशी टिमको सहभागीता हुने छ ।

Comment