मलेसियामा नेपालीको सफलता

अगस्ट १० देखि १२ सम्म क्वालालम्पुरको टिटिवाङ्सा ब्याडमिन्टन हलमा भएको पाचौ एसिया प्यासिफिक हायासिया –हा अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालको तर्फबाट कर्ण बहादुर राईले भेट्रान कुमुत्तेमा स्वर्ण पदक जितेका छन् । नोर्बु तामाङले ८४ केजी तौलमा स्वर्ण पदक जितेका छन् । यसैगरी, गोमा थापाले ५३ केजीमा रजत पदक जिते । १३ वर्ष मुनिको स्पर्धामा रिवाज गिरिले कास्य पदक जिते भने दल बहादुर तामाङले ७५ केजिमा कास्य पदक हात पारे भने अस्मिता प्रजाले ६१ केजिमा कास्य पदक जितेकी छिन् ।
६० केजिमा तुलाराम धामीले कास्य पदक जिते । नेपालबाट पुगेका नेपाल हायसियाहा करातेका प्रमुख प्रशिक्षक तथा महासचिव रामकृष्ण लामा तामाङ, नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइराला, अन्तराष्ट्रिय रेफ्री लक्ष्मी क्षेत्री साथै रेफ्री दिपक बोहराले प्रतियोगितामा नेपालको तर्फबाट रेफ्रीको भुमिका निर्वाह गरेका थिए । टिम म्यनेजरमा इन्द्र बस्नेत साथै टिम प्रशिक्षकमा कर्ण बहादुर राई थिए ।
प्रतियोगिता २ वर्षमाको अंन्तरमा हुने गरेको छ । यस पाचौ एसिया प्यासिफिक हायासियाहा कराते महासंघको बैठकले मिटिङले सन् २०२० मा छैटौ एसिया हायासियाहा अन्तराष्ट्रिय कराते प्रतियोगिता नेपालमा गर्ने निर्णय गरेको छ ।
प्रतियोगितामा मलेशिया, नेपाल, बङलादेश, भारत, भियतनाम, अस्ट्रेलिया, फिलिपिन्स, इन्डोनेसिया, सिङापुर, श्रीलंका र हङकङ, लगायत १४ देशको सहभागीता थियो । पदक विजयी खेलाडीहरुलाइ सम्मान तथा विदाइ, नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले मण्डला रेस्टुरेन्टमा आयोजना गरिएको थियो ।

Comment