खेलाडी संघको ध्यानाकर्षण

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेल र खेलाडीको हितलाई लक्षित गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई सोमबार ध्यानाकर्षण गराएको छ । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले मन्त्री विश्वकर्मालाई ६ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण ग¥यो ।
ध्यानाकर्षण पत्रमा खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, विमा, यातायात) भत्ता व्यवस्था गर्नु पर्ने, प्रतियोगिताको वर्गिकरण गरी पदक जित्ने खेलाडीलाई भत्ता उपलब्ध गराउन नीति बनाउनु पर्ने, नयाँ पुस्ताका खेलाडीलाई खेल क्षेत्रमा आकर्षण गर्न उनका अभिभावकलाई समेत खेल क्षेत्रमा भविष्य छ भन्ने आभाष हुने गरी नीति बनाउनु पर्ने, सबै खेलाडीको स्तर अनुसार पहिचान खुल्ने गरी परिचय पत्रको व्यवस्था गरी निश्चित सहुलियतका लागि पहल गर्नु पर्ने, खेल जीवनपछि पनि स्वदेशमै बस्ने वातावरण बनाउन सरकारले नीतिगत पहल गर्नु पर्ने र १३ औं दक्षिण एसियाली खेलकुद निर्धारित समय आयोजना हुनु पर्ने उल्लेख गरिएको छ ।
मन्त्री विश्कर्माले आउने बजेटबाट एउता विधिको सुरुआत गर्ने गरी खेलाडीहरुलाई अब खेल क्षेत्रमा मेरो भविष्य हुन्छ भन्ने प्रत्याभूति दिन नयाँ बजेट मार्फत कार्यको प्रारम्भ गर्ने बताउदै चालू बजेटबाट पनि के गर्न सकिन्छ त्यसमा ध्यान दिने बताए ।
खेलाडी संघका अध्यक्ष श्रेष्ठले अहिलेको सरकार स्थायी सरकार भएकाले माग कार्यन्वयन हुनेमा आफू झन विश्वस्त भएको बताए ।
खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टले खेल र खेलाडीको हितमा हुने कुनै पनि कार्यमा मन्त्रीज्यूलाई साथ दिन तयार रहेको बताए ।
Comment