संरक्षक सेमिफाइनलमा पराजित

samrachyak edited

भियतनामको होचीमिन्ह सिटीमा जारी आइटिएफ एसिया डिभिजन टु जुनियर टेनिस प्रतियोगिताको टुर टुमा नेपालका संरक्षक भुषण बज्राचार्य सेमिफाइनलमा पराजित भएका छन् । यस अघि टुर वानमा उनी पाचौ स्थानमा रहेका थिए । सेमिफाइनलमा उनी भियतनामका भो हावंग होंगसंग ६–४, ६–० ले पराजित भए । उनले तेस्रो स्थानमा सेल रबिरसंग खेल्ने छन् । युगलमा संरक्षक र रेन्जन तथा एनी माथेमा र इरा राउतको जोडी सेमिफाइनलमा प्रबेश गर्योे । संरक्षक र रेन्जनले श्रीलंकाका जोसेफ र सिल्भीया आसेनलाई ६–०, ६–० ले पराजित गरे । एनी र इराले ट्रान टे र हुयन थेइतलाई ६–३, ६–२ ले हराए । क्याथी माथेमा र क्यालोमको जोडी श्रीलंकाका मुनेवरा श्री र मुयोक लाकसंग ६–२, ६–२ ले पराजित भए ।

Comment