संरक्षक भुषण सेमिफाइनलमा

samrachyak edited

भियतनामको होचीमिन्ह सिटीमा जारी आइटिएफ एसिया डिभिजन टु जुनियर टेनिस प्रतियोगिताको टुर टुमा नेपालका संरक्षक भुषण बज्राचार्य सेमिफाइनलमा प्रबेश गरेका छन् । यस अघि टुर वानमा उनी पाचौ स्थानमा रहेका थिए । सेमिफाइनल प्रबेश गर्ने क्रममा उनले बंगलादेशका इस्तीयाक मोहम्मदलाई ६–३, ६–१ ले पराजित गरे । एनी माथेमा भने क्वार्टरफाइनलमा श्रीलंकाकी प्रबृडी परेरासंग ६–३, ६–१ ले पराजित भइन् ।
ब्वाइज युगलमा संरक्षकभुषण बज्राचार्य र रेन्जन लामाको जोडी क्वार्टरफाइनलमा प्रबेश गर्यो । क्वार्टरफाइनल प्रबेश गर्ने क्रममा भियतनामको बिन्ट र थिनेडीनको जोडीलाई नेपाली जोडीले ६–०, ६–१ ले पराजित गर्यो । गलर््स युगलमा एनी माथेमा र इरा राउत क्वार्टरफाइनलमा प्रबेश गरे । उनीहरुले इराकका लचीन र कमारको जोडीलाई हराएको प्रशिक्षक कृष्ण राज घलेले जनाकारी दिए ।
क्याथी माथेमाले माल्दीभ्सकी आयनी मोसासंग मिलेर बंगलादेशका पोपी र एथी अख्तरको जोडीलाई ६–३, ७–६ ले पराजित गरे । यो जोडी पनि क्वार्टरफाइनलमा प्रबेश गरेको छ । नेपालका प्रसान्त थापा र बंगलादेशका अफ्रिदी अब्दुल भने म्यान्मारका यमिन र खाउतखानसंग पराजित भए ।

Comment