एनीलाई तेस्रो स्थान

tennis 3rd placee edited
भियतनामको होचीमिन्ह सिटीमा जारी आइटिएफ एसिया डिभिजन टु जुनियर टेनिस प्रतियोगितामा गल्स तर्फ नेपालकी एनी माथेमाले तेस्रो स्थान प्राप्त गरेकी  छिन् । तेस्रो स्थान पाउने क्रममा उनले श्रीलंकाकी नाटासा मेनेरवारालाई ६–४, ७–५ले पराजित गरिन् । एनी र ऐरा राउतको जोडी सेमिफाइनलमा श्रीलंका र मकाउका खेलाडीको जोडीसंग ६–४, ३–६, १०–८ ले पराजित गर्यो ।  श्रीलंकाका सिल्भीया आाहेनलाई ६–१, ६–२ ले पराजित गर्दै नेपालका संरक्षक भुषण बज्राचार्यले पाचौ स्थान हात पारे । यस प्रतियोगिताको समाप्ती पछि नेपाली टोलीले टुर टुको खेल खेल्ने छ ।

Comment