संरक्षक र एनी क्वार्टरफाइनलमा

samrayachak vietnam1

भियतनामको होचीमिन्ह सिटीमा जारी आइटिएफ एसिया डिभिजन टु जुनियर टेनिस प्रतियोगितामा मंगलबार नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगितामा संरक्षक भुषण बज्राचार्य  र एनी माथेमा क्वार्टरफाइनलमा प्रबेश गरेका छन् । एनीले मंगोलीयाकी धरखर बाटर खीनलाई पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेकी हुन् । यसैगरी संरक्षक भुषण बज्राचार्य माल्दीभ्सका अब्दुल लातीफलाई पहिलो चरणमा ४–०, ४–० ले तथा दोस्रो चरणमा भुटानका तेन्जीग दोर्जेलाई ४–०, ४–१ ले हराउदै क्वार्टरफाइनलमा प्रबेश गरेको प्रशिक्षक कृष्ण राज घलेले बताएका छन् ।
ऐरा राउन र क्याथी माथेमाले पहिलो चरणमा जित हात पारे पनि दोस्रो चरणमा पराजयको सामना गरे । क्याथीले पहिलो चरणमा क्यालोन आयमीसंग  जित हात पारे पनि दोस्रो चरणमा एनीका सेरेभेरेटाइनसंग ४–०, ४–० को  स्कोरमा पराजित भइन् । पहिलो चरणमा भियतनामकी दाओ थीइ युयेनलाई ४–२, ४–० ले हराएकी ऐरा दोस्रो चरणमा श्रीर्लकाकी नाटासासंग ४–२, ४–२ ले पराजित भइन् । रेन्जन लामा बंगलादेशका शिर्ष बरियताका खेलाडीसंग तीन सेट लामो खेलमा पराजित भए भने प्रसान्त दोस्रो बरियताका पाकिस्तानीसंग पराजित भए । बुधबार एनी र संरक्षकले क्वार्टरफाइनल खेल खेल्ने छन् भने अन्यले सान्त्वना खेल खेल्ने छन् ।

Comment