संरक्षकको विजय अभियान जारी

samrayachak vietnam1
भियतनामको होचीमिन्हसिटीमा जारी आइटिएफ एसियन जुनियर डिभिजन टु  टेनिस प्रतियोगितामा नेपालका संरक्षक भुषण बज्राचार्यले विजयी सुरुवात गरेका छन् । उनले पहिलो चरणमा माल्दीभ्सका प्रतिद्धन्दीलाई पराजित गरे ।
सानदार फर्ममा रहेका संरक्षकले गत महिना कतारको दोहामा सम्पन्न एसियन जुनियर टेनिस प्रतियोगितामा नेपाललाई काश्य पदक दिलाउने क्रममा लगातार ६ खेलमा जित हात पारेका थिए । उनले लगातार सात अन्तराष्ट्रिय खेलमा जित हात पारेका छन् ।
भियतनाममा जारी प्रतियोगितामा पुरुष तर्फ संरक्षक सहित रेन्जन लामा र प्रसान्त थापा सहभागि छन् । यसैगरी महिला तर्फ ऐरा राउत, एनी माथेमा र क्याथरीन माथेका सहभागि छन् ।।

Comment