आर्मीविरुद्धे जीत हात पार्दै पुलिस मनकामना केबलकार पोखरा कपको अन्तिम चारमा

army and police
प्रेमनारायण न्यौपाने
पोखरा

कडा प्रतिद्वन्द्वी त्रिभुवन आर्मी कलबविरुद्ध  जीत निकाल्दै नेपाल पुलिस क्लब पोखरामा जारी मनकामना केबलकार पोखरा कप–२०७१ को अन्तिम चारभित्र प्रवेश गरेको छ।
बन्दको बाबजुत पनि दर्शकले भरिएको पोखरा रड्डशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा विगत केही वर्ष यताको कडा प्रतिद्वन्द्वी भनेर चिनिएको त्रिभुवन आर्मी क्लबविरुद्ध २–० कोे जीत निकाल्दै पोखरामा सर्वाधिक सफल मानिएको पुलिस अन्तिम चारभित्र पर्न सफल भएको हो।
आर्मीले ९६ मिनेटको समय कुनै पनि बेला पुलिसको डिफेन्स लाइन चिर्न सकेन। पुलिसले अब डिफेण्डिङ च्याम्पियन मनाङमस्र्याङ्दी क्लबविरुद्ध पुस ३० गते सेमिफाइनल खेल खेल्नेछ। पुलिसका भरपर्दा मिडफिल्डर हेम तामाङ डबल एलोकार्डका कारण मनाङविरुद्धको खेलमा सहभागी हुन पाउने छैनन्।
पुलिको जीतमा कप्तान जुमनु राई र निरकुमार राईले एक–एक गोल गरेका थिए। जुमनुले पहिलो हाफमा र निरकुमार राईले दोस्रो हाफमा गोल गरेका थिए। रुपन्देहीविरुद्धको खेलमा स्तरीय खेल प्रदर्शन गर्न नसकेको आरोप खेपेको पुलिसले आर्मीविरुद्ध भने उत्कृष्ट खेल पस्कियो। खेल सुरु भएको आठ मिनेटमै जुमनुले उत्कृष्ट गोल गरे।
हेम गुरुङको क्रसमा सिक्सयार्डभित्रबाट जुमनुको हेडिङ क्रसबारमा लागेर फर्किएपछि आर्मीको डिफेन्स लाइनमा देखिएको अलमलको फाइदा उठाउँदै सही टाइममा जम्प गरेका जुमनुले पोस्टमा पुनः हेडिङ गर्दै बललाई गोलपोस्टको दिसा दिएका थिए।
त्यसको एक मिनेटमै जुमनुले दोस्रो गोल गर्ने अवसर गुमाए। डिबक्सभित्र आएको बललाई सेभ गर्ने क्रममा जुमनुको प्रहार आर्मीका गोलकिपर सुशील श्रीवास्तवको खुट्टामा लागेर डिÇलेक्ट हुँदै क्रसबारमाथिबाट बाहिरियो। लगातार आक्रमणमा उत्रिएको पुलिसका लागि भोला सिलवाल १९ मिनेटमा गोल गर्नबाट चुके। उनले डिबक्सभित्रबाट हानेको प्रहार क्रसबारमा लागे फर्कियो।
२२ मिनेटमा जुमनु राई र हेम तामाङको गोल प्रयास खेरा गयो। जुमनुको हेडिङ आर्मीका गोलकिपरबाट रिबाउण्ड भएपछि त्यसमा हेम तामाङले प्रहार गरे, बल क्रसबारमै लागेर फर्कियो त्यही बलमा जुमनुले हेडिङ गरे तर बल क्रसबारमाथिबाट बाहिरियो।
३४ मिनेटमा भरत खवास खाली पोस्टमा गोल गर्न असफल भए। गोलकिपर विट भइसकेको स्थितिमा डिबक्सनजिकबाट हानेको उनको प्रहार सेकेण्डबार हुँदै बहिरियो। पहिलो हाफमा आर्मीले चारवटा प्रहार गरे पनि ती सबै पुलिसका गोलकिपर रितेश थापाले असफल पारिदिए। आर्मीमा भर्ति भएका राष्ट्रिय टीमका स्ट्राइकर भरत खवासको प्रदर्शन विर्सनलायक थियो। उनले खेलअवधिभर एकमात्र चान्स पाए। ३२ मिनेटमा दीपक गुरुङको क्रसमा हेडिङ पुलिसका गोलकिपर रितेशले बचाए। विपक्षीको मार्किङमा रहेका उनले त्योबहेक पुलिसको डिफेन्स लाइन कुनै पनि समय चिर्न सकेनन्।मिडफिल्डको नेतृत्व लिएका राजु तामाङ पनि पूरै समय असफल बने।
दोस्रो हाफमा आर्मी खेलमा फर्किने आश थियो तर कोसिस मात्रै देखियो। ५४ मिनेटमा निरकुमार राईले टीमको लागि दोस्रो गोल गरे। विपक्षी डिफेण्डरले क्लियर गर्न नसकेको बललाई डिबक्सनिजकै रहेका उनले चलाखी अपनाउँदै पोस्टमा पावर भलि सुट हाने। ८५ मिनेटमा निरकुमार राईको अर्को प्रहार क्रसबारमा लागेर फर्कियो। करिब २४ यार्डबाट उनले फ्रिकिक हानेका थिए। अघिल्लो खेलमा प्लेइङ सेटमा चान्स नपाएका उनी योगेश गुरुङलाई विस्थापन गर्दै प्लेइङ सेटमा परेका उनले लोभलाग्दो प्रदर्शन गरेका थिए।चार मिनेट थपिएको इन्जुरी समयको तेस्रो मिनेटमा हेम तामाङको प्रहार आर्मीका गोलकिपरले एक हातले पञ्च गरेर फाले। आर्मीले दोस्रो हाफमा गरेका तीनवटा प्रहार पनि फितलो बने। मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका पुलिसकै दीपेन श्रेष्ठ आइतबारको खेलमा म्यान अफ दी म्याच घोषित भए।
सो खेलमा पुलिसका गोलकिपर रितेश थापा, कप्तान जुमनु राई, हेम तामाङ, निरकुमार राई तथा आर्मीका राजीव गुरुङ, जितेन्द्र कार्की र विवेकप्रताप पन्तलाई फिफा रेफ्री लव खत्रीले एलोकार्ड देखाएका थिए।
हारपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पुलिसको ब्यालेन्स डिफेन्स लाइन तोड्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए। उनले खेलाडीले क्रसबारमा लागेर आएको रिटर्न बलमा ट्राइ नगर्नुको कारण गर्न फस्ट हाफमा गोल खाएको दाबी गरे। यस्तै सेकेण्ड हाफमा डिफेन्सले फाइभ यार्डबाट क्लियर गरेको बल १० यार्डमा अपोनेन्टलाई सुम्पिनुको कारण सेकेण्ड गोल खाएको दाबी गरे।
उनको भनाइ थियो–‘पुलिसले डिफेन्समा टाइट ग¥यो र काउण्टर खेल्यो, हामीले त्यसलाई एकचोटिक चिर्न सकेनौं। आर्मीले पुलिसको ब्यालेन्स डिफेन्स लाइनलाई तोड्नै सकेन, छोटोमा आर्मीको आज दिन थिएन।’
केसीले यसो भन्दा जीतमा खुसी देदिएका पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठ उनको भनाइलाई समर्थन गर्दै टाउको हल्लाइरहेका थिए।श्रेष्ठले रणनीतिमा पुलिसले प्रेसर दिएकै कारण आर्मी पराजित भएको दाबी गरे।उनको भनाइ थियो–‘आार्मी नराम्रो टीम होइन, उसको फस्ट म्याच, ग्राउण्ड स्लो र बल टाइट भयो, हामीलाई पनि फस्ट म्याचमा यस्तै भएको थियो, नत्र आर्मी डोमिनेट हुने टीम होइन।’
सेमिफाइनलमा मनाङ प्रतिद्वन्द्वी पाएकोमा उनको भनाइ थियो–‘ मनाङ राम्रो टीम हो, उसमा अनुभवी खेलाडी छन्, आर्मीजस्तो सजिलो छैन। हार्मी पनि राम्रो छौं, फिÇटी फिÇटी चान्स छ, सेमिफाइनल जित्न दुवैलाई सजिलो हुँदैन।’ कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा माघ ३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विदेशी दुई टीमसहित १२ टीमको सहभागिता रहेको छ।
विजेता टीमलाई नगद तीन लाख ५५ हजार तथा उपविजेतालाई नगद दुई लाख एकहजार पुरस्कार प्रदान गरिने प्रतियोगितामा बेस्ट प्लयेरलाई मोटरसाइकल प्रदान गरिने छ। यस्तै बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने छ।
सोमबार नेपाल एपीएफ क्लब र हङकङको एभरेष्ट फुटबल क्लबीच तेस्र्रो क्वाटरफाइनल हुने प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए।

Comment