गुरुङ कुकिवन एडभाईजर कमिटीमा

deepraje
नेपाली तेक्वान्दोका प्रभावशाली ब्यक्तित्व दिपराज गुरुङ कुकिवन एडभाईजर कमिटीको सदस्यमा चयन भएका छन् । दक्षिण कोरियामा रहेको कुकिवनको हेडह्वाटरलाई गुरुङलाई तेक्वान्दोमा लामो समयदेखि योगदान पु¥याए वापत एडभाइजर कमिटीको सदस्यमा चयन गरेको हो । तेक्वान्दोमा लामो समयदेखि योगदान पु¥याएको र कुकिवन एडभाइजर बोर्डका लागि सक्षम रहेको निस्कर्ष अनुरुप कुकिवनले उहाँ(गुरुङलाई) उक्त समीतीमा छनोट गरेको नेपाल तेक्वान्दो सघंका अध्यक्ष प्रकाश सम्सेर राणाले बताए ।
कुकिवन एडभाईजर बोर्ड सदस्य बन्नका लागि कुकिवनबाट मान्यता प्राप्त कम्तीमा आठ डानको सर्टिफिकेट,वल्र्ड क्लास मास्टर रिकग्नाइज, ३० वर्ष सम्म तेक्वान्दोमा काम गरेको हुनुपर्ने प्रावधान रहेको छ । नेपाल तेक्वान्दो सघंका महासचिव समेत रहेका गुरुङले ३२ वर्षदेखि तेक्वान्दो क्षेत्रमा योगदान पु¥याएउदै आएका छन् । नेपालमा मार्शल आर्टका सस्थापक मध्ये उनि एक महत्वपुर्ण खेलब्यक्तित्वको रुपमा चिनिदै आएका छन् । सोही अवसरमा गुरुङले कुकिवनद्धारा आयोजित कुकिवन एडभाइजर समारोह,वल्र्ड तेक्वान्दो लिडरसिप फोरम र वल्र्ड तेक्वान्दो हानदाङमा समेत सहभागीता जनाउने छन् ।
सघंका अध्यक्ष प्रकाश सम्सेर राणाले भने“ उहाँको (गुरुङ) र नेपालको यो सफलताले तेक्वान्दो खेललले आगामी दिनमा थप फड्को मार्नेछ । यसअघि पनि कुकिवनले नेपाललाई तेक्वान्दो पिस कप्र्स ट्रेनिङ(टिपिसी),तेक्वान्दो खेलाडी तथा प्रशिक्षक टे«निङ स्कलरसिप लगायत विभिन्न पक्षमा सहयोग पु¥याएको थियो । अव हामी नै त्यो स्थानमा पुग्न सफल भएका छौँ । त्यसैले अझै धेरै तेक्वान्दोमा विकास हुनेछन् ।”

Comment