राष्ट्रव्यापी बक्सिङ साउन अन्तिम साता

boxinge
चौथो राष्ट्रव्यापी तथा प्रथम जुनियर (नोभिस) बक्सिङ प्रतियोगिता साउन अन्तिम साता हुने भएको छ । नेपाल बक्सिङ संघको तत्वाधानमा ललितपुर जिल्ला बक्सिङ संघको आयोजनमा हुने प्रतियोगिता साउन २५ देखि २९ सम्म सातदोबाटोमा चल्नेछ । प्रतियोगितामा विभिन्न तौल समूहका करिव ५ सय खेलाडीले सहभागिता जनाउने आयोजका अध्यक्ष राम अवालले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
प्रतियोगितामा सिनियरतर्फ विभिन्न १० तौल समूह र जुनियर र महिलातर्फ समान सात–सात तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगतामा २२ जिल्ला तथा तीन विभागिय टिमका गरी २ सय ५० सिनियर तथा र जुनियरतर्फ २ सय ५० खेलाडीको सहभागिता रहनेछन् ।
करिव २० लाख अनुमानित रकम खर्च हुने प्रतियोगिताका प्रत्येक तौल समुहको विजेताले मेडल प्रमाणपत्र तथा नगद ५ हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले तीनहजार पुरसकार प्राप्त गर्दा तेस्रो र चौथो हुनेले समान १–१ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको विजयी खेलाडीहरुका लागि नगद पुरस्कार मनकामना चिम्नी भट्टाले प्रायोजन गरेको छ भने खाना तथा बस्नको लागि मण्डला एण्ड किसमिस बैंक्वैटले प्रायोजन गरेका छ ।

Comment