इसिडिसि तेक्वान्दो ग्रेडिङ तथा रेफ्री लामाको विदाई

ecdce
इसिडिसि तेक्वान्दो डोजाङले सञ्चालन गरेको एकदिने तेक्वान्दो ग्रेडिङ शनिबार सम्पन्न भएको छ । चपलीस्थीत प्रारम्भिक बाल विकास केन्द्रमा भएको ग्रेडिङमा ३० तेक्वान्दो खेलाडी सहभागी थिए । उनिहरुलाई तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा,राजिव बस्नेत र कल्याण कुँवरले ग्रेडिङ प्रदान गरे । नेपाल तेक्वान्दो सघंको वार्षीक कार्यक्रम अनुसार ग्रेडिङ लिएको इसिडिसि तेक्वान्दो डोजाङका प्रशिक्षक कल्याण कुँवर बताए ।
ग्रेडिङमा रातो–कालो पेटि पाँच,निलो–रातो पेटि सात खेलाडी,निलो हरियो पेटि सात,हरियो पहेँलो ८ जना र पहेँलो पेटिमा ३ खेलाडी बढोन्न्नती गरीएको थियो । सन् २०१२ को सिएनएन हिरो पुस्पा बस्नेतद्धारा सञ्चालित प्रारम्भिक बाल विकास केन्द्र बटरफ्लाई होम नामक संस्था अन्तर्गत रहेर तेक्वान्दो डोजाङ सञ्चालन गरीएको छ । ग्रेडिङमा रातो कालो तर्फकी सृष्टि सुन्दास उत्कृष्ट खेलाडी चूनिइन् ।
सो अवसरमा सिएनएन हिरो पुस्पा बस्नेत साथै डोजाङ प्रमुख कुँवरले ८७औँ अन्र्तराष्टिय रेफ्री सेमिनार सहभागी हुन जाने तेक्वान्दो निर्णायक कविराज नेगीलाई विदाई गरे । लामा चिनमा हुने अन्र्तराष्ट्रिय रेफ्रिको सेमिनार सहभागी हुदैछन् । उक्त सेमिनार आगामी २४ तारिख देखि २७ सम्म सञ्चालन हुदैछ । चारदिने रेफ्री सेमिनारमा लामाले ग्यरोगीतर्फ निर्णायकमा सहभागी हुनेछन् ।

Comment