नेपाल बक्सिङ संघमा अवाले

boxinf rame
नेपाल बक्सिङको चौथो महाधिबेशनले राम अवालेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौमा शनिवार सम्पन्न महाधिबेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा काठमाडौका अर्जुनबहादुर के.सी र झापाका भोजराज सिटौला निर्विरोध निर्वाचित भएका हुन । केसी र सिटौला यस अघि पनि संघका उपाध्यक्ष हुन् । त्यस्तै महासचिवमा मकवानपुरका सविन भट्टचार्य चयन भएका छन् सचिवमा कैलालीका दिनेश सिंह निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा भक्तपुरका गौतम सुजखु निर्वाचित भएका ह्न ।
त्यस्तै ८ सदस्यीय सदस्यमा स्याङजाकी दीलिपाश्री अधिकारी , काठमाडौका प्रनिर अधिकारी , धादिङका रमेश अधिकारी ,भक्तपुरका राजभाई मुनकर्मी , मकवानपुरका भेष खड्गी , सुनसरीका देवेन्द्र लिम्बु र कास्कीका बुद्ध गवाजु र सिन्धुपाल्चोकका रामबहादुर गिरी निर्विरोध निवार्चित भएका हुन ।
त्यस्तै आज नै बसेको बैठकले तीनजनालाई उपाध्यक्षमा मनोनयन गरेको छ । मनोनिति हुनेमा नरेन्द्र लिम्बु , किरण श्रेष्ठ र संगम शाह रहेका छन् । त्यस्तै बैठकले ८ जनालाई सदस्यमा मनोनित गरेको छ । मनोनित हुनेमा लक्ष्मण कार्की , दुर्गा गहतराज , वासुदेव दाहाल , श्याम अवाले , दिपक महर्जन , शोभाजंग केसी , पुष्कर पन्त र ओमलनारायण श्रेष्ठ रहेका छन् ।
खेलकुद मन्त्रालयका सह–सचिव चुडामणी पौडेलले उद्घाटन गरेको साधारणसभामा ४ केन्द्रीय कमिटिका २५ र ४ विकास क्षेत्र , ३० जिल्लाका ३४ प्रतिनीधि सहभागि थिए ।

Comment