ठकुरीले पारे सबैलाई अचम्म

Manoj Shiama
22 May, 2016 11:02 am

ujwol breaking2
अमेरिकामा रहेर कराते र तेक्वान्दा दुवै खेलमा सक्रिय उज्वल ठकुरी म्यारील्याण्ड भिक्ट्री कप कराते प्रतियोगितामा नौलो खतरनाक ‘ब्रेकिङ्ग ‘प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।
ठकुरी विगतका भन्दा फरक प्रस्तुति गरि नया किर्तिमान गर्ने जानकारी गराए पछि म्यारील्याण्ड भिक्ट्री कप कराते च्याम्पन्शिपमा उनलाई आयोजकले प्रदर्शन गर्न आमन्त्रण गरेका थिए । उनले यो खतरनाक किर्तिमान कायम गर्न ३ बर्ष लागेको बताएका छन् । उनले बिगत ३ बर्ष देखि क्रमस ५ ,१० ,१५ पाउण्ड दातले उचाल्ने प्रयास गर्दै सम्पन्न प्रतियोगितामा अन्ततगत्वा ४० पाउण्ड दाँतले उचाली दुवै खुट्टा फाडेर अगाडी राखिएका दुई वटा काठ तोड्न सफल भएका छन् ।uj1
यसै गरि उनले दुवै खुट्टा फाडेर एक हातमा काठ लिदै नजदिकबाट अर्को हात द्वारा तोड्दै सबैलाई अचम्ममा पारे । ठकुरीले आफैले एउटा हातले समातेर एक इन्चका काठलाई नजीकीदै कसैको सहारा बिना तोडेका थिए ।
ठकुरीले नौलो किर्तिमान बनाउन अगाडी नेपालको झन्डा घाटीमा झुन्ड्याएर काठ तोडेका थिए । ठकुरीले अहिले सम्म भएका भिन्न प्रतियोगितामा ९ स्वर्ण ४ रजत र ४ कास्य जित्न सफल भएका छन् । यी मध्ये ७ वटा स्वर्ण पदक करातेमा ,एउटा तेक्वान्दोमा र एउटा करातेको खतरनाक ब्रेकिङ्ग (तोड्ने )मा स्वर्ण पदक प्राप्त गरेका छन् । आगामी दिनमा अन्य स्थानमा हुने प्रतियोगितामा दाँतले ५० पाउण्ड उचाली यस्तै किर्तिमान राख्ने र नेपालको नाम उच्च राख्ने चाहना रहेकोले पूर्व अभ्यास गरि रहेको ठकुरीले बताए ।